Saturday, September 19, 2020

प्रहरी मनोबिज्ञान बारे केही प्रश्न र समाधानहरु: Police and Public Safety Psychology

 प्रहरी यति अत्याधिक बल प्रयोग गरेर किन बर्बर देखीन खोज्दैछ ? गुण्डा र प्रहरीमा अन्तर नभएकै हो त?



प्रहरी मनोबिज्ञान बारे केही प्रश्न र समाधानहरु।

१) प्रहरीको तालिमको बिधि ठिक छैन , समस्या समाधान गर्ने भन्दा पनि प्रतिक्रिया दिने खालको तालिम गराईन्छ।

निर्मला हत्याकाण्डलाईनै लिउँ - अपराध स्थललाई सुरक्षा घेरमा (Cordon off) राखेर अनुसन्धान गर्नु भन्दा पनि मृत शरीरलाई धोइपखाल्ने र छोप्ने काम गरीयो । सबुत त मेटीयो मेटीयो , प्रहरीहरुको अब्यवसायीक ढाँचा पनि छताछुल्ल देखियो ।

२) 'भीडको मनोबिज्ञान' ले भने जस्तै प्रहरीमा त्यस्तो समुह - भिड जोडिन आईपुगेको छ जसले सुरक्षा दिनुभन्दा पनि गुण्डागर्दीमा नै रमाउँछ ।

देश अभिभावक बिहिन भएर यस्तो डामाडोल परीस्थीति सृजना भएको हो कि?

३) 'भोक न सुर्ता के न कर्ता' भनेजस्तै जुन प्रतिकुल स्थीतिमा र तनाब बेहोरेर, शौच र भोक पनि मार्दै जब प्रहरीले काम गर्नुपर्छ तब त्यसको प्रतिक्रिया स्वरुप प्रहरी अत्याधिक बल प्रयोग गर्न उद्देलित हुनेगर्छ ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठै घण्टा मनोरन्जको सुबिधा प्रहरीलाई छैन जसका कारण भिड नियत्रण जस्तो संबेदनशील कार्यमा पनि उनीहरुको मनोबिज्ञान अस्थीर र रीसाहानै रहन्छ ।

४) बृत्ति बिकास, तालिम, घरपाईको सुबिधा आदिमा बिभिन्न दर्जाका प्रहरीबिच असमानता छ जसका कारण न त उनीहरु अघि नै बढ्न पाएका छन् नत नैतिक आवरणनै बिकास गर्न सकेका छन् । यसको प्रतिक्रिया उनीहरु निर्धो आमजनता माथि खन्याउँछनै ।

आफ्नो तहसनहस जीन्दगीको बदला जनतासँग लिन पाउनु आम प्रहरीहरुले आफ्नो एक मात्र सुबिधा ठानेका छन् (कि?)।

सबैभन्दा पहिलेनै मानसिक स्वास्थ्य उकास्ने सुबिधा प्रहरिहरुको हितमा लगाउनुपर्छ अनि अरु सुबिधाहरु पनि बिस्तारै थप्दै, बढाउँदै लग्नुपर्छ ।


५) साना दर्जाका प्रहरीहरुको आम स्थीति न त परिवारलाईनै हेक्का छ, न त ठुला पदका प्रहरीहरुलाईनै ठेक्का छ ।

माथिल्ला पदका प्रहरीहरुको घोचपेच, दबाब, रीस, ठालुपन, अनिर्णयपन अनि सरुवा-बढुवामा तानातान आदिको शिकार आाम प्रहरी बृत त भईरहेको छैन?

यसरी दुबै तर्फबाट पेलीन पुगेका यी प्रहरीहरुको प्रतिक्रिया भीड दमनमा देखिन्छनै ।




६) राजनिती र बेथीतिको सबैभन्दा ठुलो मार साना दर्जाका प्रहरीहरुनै खेप्दै छन्। राज्यतन्त्र उनीहरुको समस्यामा बेखबर छ अनि अभाव र थिचोमिचो पिडित प्रहरीमा सन्त खोजेर कहाँ पाईन्छ र ?

७) जस्तो आम मनोबिज्ञान त्यस्तै प्रहरीको आचरण ।

दश बर्षे सशस्त्र द्वन्दले आम मनोबिज्ञानमा पारेको असरको परिणाम अहिले प्रहरी मार्फत देखींदैछ ।

'मुस्कान सहितको सेवा, प्रहरी मेरो साथी जनताको शरीरमाथि आफ्नो लाति खै-के, खै-के प्रहरी के जाति नेपालीको दुगर्ति' जस्तो नियति नहोस ।

तपाईका मनमा रहेका अरु प्रश्नहरु र त्यसका समाधानहरु पनि थप्दै जाउँ , देशलाई हिंसा रहित बनाउँ ।

शुभकार्य र शुभ आचरण फलोस् , फुलोस ।

जय शम्भो , जय नेपाल ।

#NepalPolice #PoliceBrutality

#PoliceNPublicSafetyPsychology